नेप्सेमा एक लघुवित्तसहित दुई कम्पनीको करिब २१ लाख कित्ता बोनस सेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तसहित दुई कम्पनीको करिब २१ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्थाको गरि कुल २० लाख ९२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसमा, प्रभु लाइफ इन्स्योरेन्सको ९.८ प्रतिशत दरका कुल १९ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, सामुदायिक लघुवित्तको १० प्रतिशत दरका कुल १ लाख ३२ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स