सानिमा जिआईसी इन्स्योरेन्सको नाफा २८ करोड १ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले २८ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ९३.३६ प्रतिशतले बढी हो । आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीले खुद बीमा शुल्क आर्जन १२६.४७ प्रतिशतले बढेर ६२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन २७ करोड ७६ लाख थियो । कम्पनीले गत आर्थिक वर्ष २८ करोड ६२ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोष १५९.६० प्रतिशतले बढेको छ । बीमा कोषमा ४२ करोड ६७ लाख रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा बीमा कोषमा १६ करोड ४३ लाख रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ११७.५९ प्रतिशतले वृद्धि हुँदै ३२ करोड ९४ लाख पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब रूपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३९.६५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स