सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफासँगै खुद बीमाशुल्क पनि बढ्यो

काठमाडौं । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जर पश्चात् बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले २१ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ३७.८८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १५ करोड ९१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

त्यस्तै, कम्पनीले ३ अर्ब ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ४४.९५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ अर्ब ३१ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको नाफासँगै खुद बीमाशुल्क पनि बढेको हो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ५४ करोड ८७ लाख रुपैयाँ र बीमालेख धितोमा १ अर्ब ४ करोड ५७ लाख रुपैयाँ लगानी गरी २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।

दुई कम्पनी मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको जगेडा कोषमा ७४ करोड ८९ लाख रुपैयाँ, बीमा कोषमा ८ अर्ब ६४ करोड २२ लाख रुपैयाँ र महाविपत्ती कोषमा १० करोड ९७ लाख रुपैयाँ संचित रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५.२४ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १२०.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७५.६७ गुणा बढी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स