नेको इन्स्योरेन्सको मुनाफा ५५ करोड ३१ लाख, ईपीएस कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्म नेको इन्स्योरेन्सले ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १.५३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा ५४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद बिमा शुल्क आम्दानी ४.०३ प्रतिशतले घटेर १ अर्ब ६५ करोड ९७ लाख ४ हजार रुपैयाँ कायम भएको छ । यद्यपि, पुनर्बीमा कमिसन, लगानी तथा कर्जा आम्दानीलगायत सूचकमा सुधार भएपछि नाफा सामान्य बढेको हो । बीमा कोषको आकार भने २०.३४% ले बढेर १ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

रिजर्भ कोषमा भने सामान्य गिरावट आएको छ । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ७९ पैसा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स