राष्ट्रिय बीमा संस्थानको नाफा घट्यो, अन्य सूचकाक कस्तो ?

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षमा ७ करोड २ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा सामान्य गिरावट आएको छ ।

कम्पनीले चुक्ता पुँजी १८ करोड १० लाखबाट बृद्धि गरेर २ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ४८ करोड ४१ लाख ५७ हजार संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४१ करोड ३८ लाख ८९ हजार संचिती थियो ।

समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४७ अर्ब १९ करोड ५६ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा ३७ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा जीवन बीमा कोषको आकार बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले ८ अर्ब ४९ करोड ९५ लाख ६२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ३९ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य बढी हो ।

यस अवधिमा कम्पनीले ४ अर्ब २९ करोड ३९ लाख ७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा खुद दाबी भुक्तानी बढी गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स