युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४४.६९ प्रतिशत बढी, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जर पश्चात बनेको युनाइटेड अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले २० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ४४.६९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमाशुल्क भने १७.६३ प्रतिशतले घटेर ६१ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा कम्पनीले ७५ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत १९ करोड २६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ८ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

दुई कम्पनी मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड ४५ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको जगेडा कोषमा ६० करोड ९७ लाख रुपैयाँ, बीमा कोषमा ७४ करोड ७२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३ करोड १९ लाख रुपैयाँ संचित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.६१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८.९१ गुणा बढी रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स