नेपाल इन्स्योरेन्स नाफा बढ्यो, अन्य सूचकांक कस्तो ?

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्म ४० करोड ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ९.८९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले जारी गरेको पोलिसीको एक्चुरी भ्यालुएशनपछिमात्रै यति नै नाफा हो भनेर निर्धारण गर्न सकिन्छ ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क बढेर ७९ करोड ८१ लाख रुपैयाँमा पुगेको छ । अघिल्लो आर्थिक वर्षको भन्दा कम्पनीको बीमा शुल्क १९.३२ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६६ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत २२ करोड ५३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १० करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४९ करोड २७ लाख रुपैयाँ, बीमा कोषमा ९५ करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७६ पैसा, प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ३०.६४ गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स