काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समिक्षा अवधिमा कम्पनीले २६ करोड १० लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड १२ लाख नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ५२.४३ प्रतिशतले बढेको हो ।
त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ८५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनील ६४ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ३२ प्रतिशतले बढेको हो ।
कम्पनीले ४३ करोड ३६ लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ३८ करोड ४९ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी बढी तिरेको हो ।
साविक आइएमई जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको जगेडा कोषमा ५६ करोड ८३ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ४० करोड ४३ लाख रुपैयाँ संचित रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.८५ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १६५.१२ रुपैयाँ रहेको छ । पिइ अनुपात ४३.५८ गुणा रहेको छ ।