काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
समिक्षा अवधिमा कम्पनीले २४ करोड ८ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ प्रतिशत बढी हो । अघिल्लो वर्षको यहि अवधिमा कम्पनी १२ करोड ८६ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १६.४८ प्रतिशतले वृद्धि भएको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ३ अर्ब ४४ करोड थियो ।
कम्पनीको जीवन बीमा कोष ४३.२५ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ६ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ४ अर्ब ७१ करोड रुपैयाँ थियो ।
जगेडा कोष २४९.३६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ७७ करोड ६८ लाख रहेको जगेडा कोष गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ७१ करोड पुगेको छ ।
कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ६ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८७ करोड ७० लाखको दाबी भुक्तानी भएको थियो ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब रहेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६.२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१.५ रुपैयाँ रहेको छ ।