हिमालयन लाइफ इन्स्योरेन्सको जीवन उपहार योजना सार्वजनिक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले जीवन उपहार योजना अन्तर्गत ‘हिमालयन जीवन उपहार, दोहोरो लाभको वहार’ नामक योजना सार्वजनिक गरेको छ । कम्पनीले न्यूनतम ५ लाखदेखि अधिकतम जति पनि बीमांक रकम भएको जीवन बीमा योजना ल्याएको हो ।

उक्त जीवन बीमा पोलिसी खरिद गर्नको लागि १६ वर्ष उमेर पुगेको र अधिकतम ५४ वर्ष उमेर हुनुपर्नेछ । हिमालयन जीवन उपहार योजनाअन्तर्गत बीमा योजनाको अवधि १६ वर्षको हुनेछ ।

कम्पनीले उक्त बीमा लेख खरिद गर्ने बीमितलाई मूल बीमालेखको प्रथम वार्षिकोत्सवमा मूल बीमालेखमा उल्लेखित बीमांक रकम बराबरको सहायक बीमालेख निःशुल्क प्रदान गर्नेछ । ऐच्छिक सुविधा अन्तर्गत १ करोडसम्मको दुर्घटना मृत्यु लाभ तथा अपाङ अशक्त सुविधा प्राप्त गर्न सकिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स