काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि को तीन दिवसीय Leadership Excellence Awards, 2023 भव्यतापूर्वक सम्पन्न भएको छ । चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम ‘सार्क वर्षःपराक्रमी गति, आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो । देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव श्री ओम केसीले अथक मिहेनत र परिश्रम गरेर कम्पनीलाई अव्वल बनाउन अहोरात्र लग्नु भएका अभिकर्ता साथीहरुलाई सम्मान गर्ने परिपाटी स्थापित गरि हरेक वर्ष झन् परिस्कृत र बृहत रुपमा कार्यक्रम संचालन भएको देख्दा मन हर्षित भएको र भव्य आयोजनाका निम्ति यस कम्पनीका व्यवस्थापन समितिलाई आफ्नो व्यक्तिगत तथा पेशागत बीमा अभिकर्ता संघ,नेपालको तर्फबाट धन्यवाद ज्ञापन गर्नुका साथ साथै आगामी दिनमा झन् भब्य र सभ्य कार्यक्रमहरु नेपाल लाइफद्वारा आयोजना हुनेमा आफु विस्वस्त रहेको कुरा बताए ।
विभिन्न समस्याका बाबजुद अथक परिश्रम गरि यस कम्पनीलाई बीमा क्षेत्रमा एक चम्किलो नक्षत्र रूपमा स्थापित गर्न प्रतिकुलतालाई अनुकुलतामा बदली कम्पनीलाई सर्वोत्कृष्ट बनाइ सम्मानित भएका सबैलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा कम्पनीको लक्ष्य प्राप्तिका निम्ति दत्त चित्त भएर लागि पर्ने प्रतिबद्ता जाहेर गरेका थिए ।
बीमा क्षेत्रमा यस कम्पनीको स्थापना गरि नेपाली जनताको घर दैलोमा बीमाको सचेतना फैलाउने अवसर जुराई दिनुभएकोमा संचालक समिति प्रति आभारी रहेको कुरा व्यक्त गरे । संचालक समितिको सोच र मार्गनिर्देशन, व्यवस्थापनको दृढ इच्छाशक्ति र अब्बल नेतृत्वकै कारण कम्पनीले आजको उचाई प्राप्त गर्न सकेको बताए ।
अभिकर्ता पेशा लाई थप मर्यादित बनाउन सबैको साथ र सहयोगको खाँचो रहेको बताए । नियामकिय निकाय नेपाल बीमा प्राधिकरणलाई अभिकर्ता मैत्री नीति नियम तर्जुमा गरि अभिकर्ता पेशालाई मर्यादित र व्यवसायिक बनाउन आग्रह गरे । अभिकर्ताको पेशागत सिप विकाश गरि नेपालमा बीमा जागरण गर्न पेशा बीमा अभिकर्ता संघ सदैब तयार रहेको कुरा बताए ।
कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो ।
त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फ बाट क्रमस नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।