रिलायबल लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा पहिलो दिन ३ लाख ६३ हजार बढीको आवेदन परेको छ । मंगलबार साँझ ५ः१२ बजेसम्ममा ३ लाख ६३ हजार ७९१ आवेदकबाट १ अर्ब १४ करोड ४० लाख ८९ हजार ४७० रुपैयाँ बराबरको ४४ लाख ५१ हजार ७१० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको ९६ लाख कित्ता सेयरको ४६.३७ प्रतिशत मात्रै हो ।

कम्पनीले आज साउन २३ गतेदेखि सर्वसाधारणका लागि ९६ लाख कित्ता आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा सेयर निष्काशन गरेको हो। यस निष्काशनमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार ४०० कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्काशन बन्द छिटोमा साउन २६ गते र ढिलोमा भदौ ५ गते बैंकिङ समयपछि हुनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

कम्पनीले असार २७ देखि साउन १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख कित्ता सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स