सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कति जनाको हात लाग्यो सेयर ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको सेयर बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ आज साउन २२ गते बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौंमा बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीको आईपीओमा १९ लाख ३० हजार ९०० कित्ता खरिदका लागि २७ हजार ६३२ जनाबाट आवेदन प्राप्त भएकोमा ४ जना आवेदकबाट ३३० कित्ता रितपूर्वक नदेखिएकोले सो आवेदनलाई अयोग्य ठहर्याई रद्द गरी कुल २७ हजार ६२८ जना आवेदकबाट १९ लाख ३० हजार ५७० कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएको थियो।

तीमध्ये न्यूनतम १० कित्तादेखि ४० कित्तासम्म माग गर्ने ७ हजार ८८५ आवेदकलाई मागबमोेजिमका १ लाख ५४ हजार ९९० कित्ता तथा ५० कित्तादेखि २ हजार कित्तासम्म माग गर्ने १९ हजार ७४३ आवेदकलाई ४० कित्ताका दरले ७ लाख ८९ हजार ७२० कित्ता गरी कुल ९ लाख ४४ हजार ७१० कित्ता बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

बाँडफाँडपश्चात बाँकी रहन गएको १ लाख ८० हजार २९० कित्ताको हकमा ५० कित्तादेखि २ हजार कित्तासम्म माग गर्ने १९ हजार ७४३ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुने भएकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्थाबमोजिम ५० कित्तादेखि २ हजार कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी गोलाप्रथाद्वारा थप १० कित्ताका दरले १८ हजार २९ जना सफल आवेदक छनोट गरी १ लाख ८० हजार २९० कित्ता बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

कम्पनीले असार ३१ गतेदेखि साउन १४ गते सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गरेको थियो । जसमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री खुला गरेको हो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स