सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीकोृ आईपीओ आज साउन २२ गते धितोपत्र बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँट गरिएको हो।

कम्पनीले विदेशमा काम गर्ने नेपाली नागरिकहरुका लागि ९ लाख ६० हजार कित्ता साधारण सेयरको प्राथमिक निष्काशन गरेको थियो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३९ रुपैयाँमा सेयर निष्काशन गरेको थियो। जसमा २७ हजार ९०५ आवेदकबाट कुल १७ लाख ७२ हजार ६२० कित्ता खरिद आवेदन परेको थियो। त्यसमध्ये २७ हजार ९०१ आवेदकबाट परेको १७ लाख ७२ हजार ६२० कित्ता सदर भएको छ भने ४ आवेदकबाट परेको ३१० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसअनुसार १० कित्तादेखि ४० कित्तासम्म आवेदन दिने ९ हजार ७४ जनाले मागबमोजिम सेयर पाएका छन्। यी आवेदकलाई १ लाख ९० हजार ६४० कित्ता बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

यसैगरी ५० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने १८ हजार ८२७ आवेदकले ४० कित्ताका दरले सेयर पाएका छन्। यी आवेदकहरुलाई ७ लाख ५३ हजार ८० कित्ता बाँडफाँट गरिएको छ।

त्यस्तै ५० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने तिनै आवेदकमध्ये १ हजार ६२८ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यी आवेदकहरुलाई १६ हजार २८० कित्ता बाँडफाँट गरिएको छ।

आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि धितोपत्र बिक्री प्रबन्धक र आईपीओ जारी गर्ने कम्पनीको वेबसाइट तथा सीडीएससीको  iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

कम्पनीले साउन १ देखि साउन १५ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरेको थियो । सोहि आईपीओ आज बाँडफाँट सम्पन्न भएको हो । अब कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स