सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म १.८९ गुणा बढी आवेदन परेको छ ।

सोमबार साँझसम्म कम्पनीको आईपीओमा २८ हजार ७४१ आवेदकबाट कुल १८ लाख १७ हजार ४५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १.८९ गुणाले बढी हो।

कम्पनीले गत साउन १ गतेदेखि आज साउन १५ गतेसम्म पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ९६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गरेको थियो । जसमा प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० मा १३९ प्रिमियम थपेर कुल २३९ रुपैयाँ प्रतिकित्ताका दरले आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ प्रिमियमका रुपमा उठाउने योजना बनाएको छ।

कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चोन्ट बैंकिङ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स