काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक जीवन बीमा कम्पनीको ३७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार, नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
जसमा, कम्पनीको ८ प्रतिशत दरका कुल ३७ लाख १२ हजार ३ सय ४५.५० कित्ता कित्ता सेयर सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।