असारसम्म ५ बीमा कम्पनीलेमात्रै पुर्याए निर्धारित चुक्ता पुँजी, कसको अवस्था कस्तो ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आवको असारसमान्तसम्म देशमा सञ्चालित बीमा कम्पनीहरूलाई निर्धारित चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । तर, यो अवधिमा जम्मा ५ वटा बीमा कम्पनीलेमात्रै चुक्ता निर्धारित चुक्ता पुँजी पुर्याएका छन् । जीवन बीमातर्फका १२ कम्पनी र निर्जीवन बीमा कम्पनीतर्फका ११ कम्पनीले चुक्ता पुँजी पुर्याएका छैनन् ।
नेपाल बीमा प्राधिकरणले निर्देशन गरेअनुसार चुक्ता पुँजी पुर्याउने जीवन बीमा कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

जीवन बीमा कम्पनीतर्फ नेशनल लाइफ इन्स्योरेन्स, सूर्य ज्योति लाइफ इन्स्योरेन्स, सानिमा रिलाइन्स लाइफ र प्रभु महालक्ष्मी लाइफले प्राधिकरणले गरेको व्यवस्था अनुसार हकप्रद जारी गरेर सहजै पुँजी पुर्याउन सक्ने देखिएको छ ।
निर्जीवन बीमा कम्पनीतर्फ युनाइटेड अजोड, नेको, शिखर, हिमालयन एभरेष्ट, सानिमा जीआईसीको पनि सहजै पुँजी पुग्ने देखिएको छ ।

२०८० असारमसान्तसम्म नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ पुगेको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ७ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

निर्जीवन बीमा कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र आईएमई जनरल इन्स्यारेन्स रहेका छन् । यी तीन कम्पनीको चुक्ता पुँजी क्रमशः २ अर्ब ८० करोड, २ अर्ब ६२ करोड र २ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब पुँजी पुर्याउन भनेको छ ।

जीवन बीमा कम्पनीमध्ये कस्तो चुक्ता पुँजी कति ?
प्राधिकरणले दिएको समय सीमा १४ वटा जीवन बीमा कम्पनीमध्ये १२ वटाको अझै निर्धारित चुक्ता पुँजी पुग्न सकेको छैन । चुक्ता पुँजी पुर्याउन नजिक पुगेका कम्पनीहरूमा नेशनल लाइफ इन्स्योरेन्स, सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स, सूर्य ज्योति लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्बभन्दा माथि रहेको छ भने अन्य कम्पनीको चुक्ता पुँजी २ र ३ अर्बकोबीचमा रहेको छ ।

प्राधिकरणले चुक्ता पुँजीको योजना ल्याउँदा २५ प्रतिशतसम्म राइट सेयर निष्काशन गर्न दिन सकिने भनेको थियो । अहिले भने प्राधिकरणले यस विषयमा खासै आधिकारिक धारणा वा निर्णय भने गरिसकेको अवस्था छैन । ४ अर्ब ६४ करोड चुक्ता पुँजी रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले निर्देशित चुक्ता पुँजी पुर्याउन ७.७५ प्राधिकरण हकप्रद(राइट सेयर) निष्काशन गरे चुक्ता पुँजी पुग्ने देखिएको छ ।

४ अर्ब ५४ करोड चुक्ता पुँजी भएको सूर्य ज्योति लाइफले चुक्ता पुँजी पुर्याउन १० प्रतिशत राइट सेयर निष्काशन गर्न सक्ने देखिएको छ ।

त्यस्तै ४ अर्ब १८ करोड चुक्ता पुँजी भएको सानिमा रिलाइन्स लाइफले १९.५० प्रतिशत हकप्रद निष्काशन गरेर चुक्ता पुँजी पुर्याउने सक्ने छ भने प्रभु महालक्ष्मी लाइफले २१.९५ प्रतिशत राइट सेयर निष्काशन गरेर चुक्ता पुँजी पुर्याउन सक्ने देखिएको छ ।

अन्य जीवन बीमा कम्पनीले भने चुक्ता पुँजी पुर्याउन प्राधिकरणले दिएकोको सीमाभन्दा माथि गएमात्रै चुक्ता पुँजी पुर्याउन सक्ने छन् ।

जीवन बीमा कम्पनीमा सबैभन्दा बढी चुक्ता पुँजी नपुर्याउने सन नेपाल लाइफ इन्स्योरेन्सले १२३.२१ प्रतिशत हकप्रद निष्काशन गर्न पायो भनेमात्रै चुक्ता पुँजी पुग्ने देखिएको छ । हालसम्म कम्पनीको चुक्ता पुँजी जम्मा २ अर्ब २४ करोड रुपैयाँमात्रै छ । कम्पनीले निर्धारित चुक्ता पुँजी पुर्याउन आधाभन्दा बढी पुँजी जोह गर्नुपर्ने देखिन्छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ मात्रै छ । कम्पनीले पनि पुँजी पुर्याउनको लागि ९०.४८ प्रतिशत राइट सेयर निष्काशन गर्नुपर्ने हुन्छ अर्थात २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ पुँजी जोह गर्नुपर्ने हुन्छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेपालको पनि चुक्ता पुँजी जम्मा २ अर्ब ६५ करोड रुपैयाँमात्रै छ । कम्पनीले पनि चुक्ता पुँजी पुर्याउन ८८.४५ प्रतिशत राइट सेयर निष्काशन गर्नुपर्ने वा पुँजी थप्नु पर्ने देखिएको छ । तर, उक्त भारतीय कम्पनीले भने एलआईसी ठूलो कम्पनी हो र नेपालमा पनि त्यहि कम्पनीले सेवा दिइरहेको र उसको पुँजी ठूला आकारको भएकोले निर्धारित पुँजी पुर्याउन कम्पनी बाध्य नहुने बताउँदै आएको छ । नेपालको बिजनेश भनेका कम्पनीका लागि अत्यन्त कम र सानो भएकोले यसका कुनै रिक्स नहुने कम्पनीले बताउँदे आएको छ ।

आईएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेनसको हाल चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । कम्पनीहरूले चुक्ता पुँजी पुर्याउन अझै ७८.५७ प्रतिशत हकप्रद निष्काशन गर्नुपर्ने देखिएको छ । २ अर्ब ९० करोड चुक्ता पुँजी रहेको एशियन लाइफ इन्स्योरेन्सले पुँजी पुर्याउन अझे २ अर्ब ९ करोड पुँजी जोह गर्नुपर्ने हुन्छ अर्थात ७१.९३ प्रतिशत हकप्रद निष्काशन गर्नुपर्ने हुन्छ ।

एक दर्जन बीमा कम्पनीले पुर्याएनन् पुँजी
बीमा प्राधिकरणले निर्धारण गरेअनुसार ११ निर्जीवन बीमा कम्पनीले चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । बीमा प्राधिरकणले निर्जीवन बीमा कम्पनीहरूलाई साढे २ अर्ब चुक्ता पुँजी पुर्याउन भनेको छ । नेपाल इन्स्योन्सको चुक्ता पुँजी असारमसान्तसम्म जम्मा १ अर्ब ३७ करोड रुपैयाँमात्रै छ । कम्पनीले निर्धारित चुक्ता पुँजी पुर्याउन ८१.२९ प्रतिशत अर्थात १ अर्ब १२ करोड रुपैयाँ पुँजी जोश गर्नुपर्ने हुन्छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको मर्जर पछि पनि चुक्ता अझै चुक्ता पुँजी पुगेको छैन । कम्पनीले चुक्ता पुँजी पुर्याउन अझै २३.२६ प्रतिशत हकप्रद निष्काशन गर्नुपर्ने हुन्छ । कम्पनीको हाल २ अर्ब २ करोड चुक्ता पुँजी रहेको छ । कम्पनीले अझै ४७ करोड १८ लाख रुपैयाँ पुँजी जोह गर्नुपर्ने हुन्छ ।

त्यसरी नै नेको इन्स्योरेन्सले निर्धारित चुक्ता पुँजी पुर्याउन अझै ४८ करोड ७६ लाख चुक्ता पुँजी पुर्याउनु पर्ने हुन्छ । असारमसान्तसम्म कम्पनीको चुक्ता पुँजी जम्मा २ अर्ब १ करोड रुपैयाँमात्रै रहेको छ ।

विदेशी पार्टर भित्र्याउने भनेर बसेको प्रभु इन्स्योरेन्सको असार २७ गते बसेको सञ्चालक समिति बैठकले ६५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । उक्त सूचना कम्पनीले बाहिर नल्याएपनि मिडियाले सो निर्णय बाहिर ल्याइसकेका छन् । हाल प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँमात्रै छ । कम्पनीले निर्धारित पुँजी पुर्याउन अझै १ अर्ब १२ करोड पुँजी जोह गर्नुपर्ने हुन्छ ।

शिखर इन्स्योरेन्सको पनि हालकै अवस्थामा पुँजी पुगेको छैन । यद्यपि कम्पनीले ९.३६ प्रतिशत हकपूद निष्काशन गरेर सहजै चुक्ता पुँजी पुयाउन सक्ने छन् । अन्य दुई कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स र सानिमा जीआईसी इन्स्योरेन्सले मर्जर पछि नपुगेको पुँजी हकप्रद जारी गरेर सहजै पुर्याउन सक्ने देखिएको छ ।

कम्पनीहरूको हाल चुक्ता पुँजी क्रमशः २ अर्ब २३ करोड र २ अर्ब रुपैयाँ रहेको छ । यी दुई कम्पनीमध्ये हिमालयन एभरेष्टले २६ करोड रुपैयाँ बराबरको ११.६१ प्रतिशत हकप्रद निष्काशन गरे पुग्नेछ भने सानिमा जीआईसीले ५० करोड पुँजी पुर्याउन २५ प्रतिशत हकप्रद निष्काशन गर्नुपर्नेछ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनी भने सरकारको अन्डर राइटिङमा रहेको छ । विदेशी कम्पनीको हकमा ‘असाइण्ड क्यापिटल’ लागू हुन्छ । नेपालको बीमा क्षेत्रमा निर्जीवनतर्फ २ वटा र जीवनतर्फ १ गरी ३ वटा विदेशी कम्पनीहरुले बीमा व्यवसाय गरिरहेका छन् । जसमा मेटलाइफ इन्स्योरेन्स, नेशनल र ओरिएण्टल इन्स्योरेन्स हुन ।

के भन्छ प्राधिकरण?
बीमा प्राधिकरणले चुक्ता पुँजी पुर्याउन कुनै पनि कोशिश नगरेका र प्राधिकरणलाई यसो उसो भनेर टालिरहेका कम्पनीलाई भने बीमा ऐनले गरेको व्यवस्था अनुसार कारवाही गर्ने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स