प्रभु इन्स्योरेन्सले ६५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय किन लुकायो १ सातासम्म

काठमाडौं । प्रभु इन्स्योरेन्सले ६५ प्रतिशत हक प्रद निष्काशन गर्ने निर्णय गरेको सूचना १ सातासम्म लुकाएपछि नेपाल स्टक एक्सचेञ्जले कारवाही गर्ने भएको छ । नेप्सेले आजै प्रभु इन्स्योरेन्स माथि छानबिन गर्ने भएको छ ।

प्रभु बजार मूल्य प्रभावित पार्ने सूचना लुकाएको प्रमाण सार्वजनिक भएपछि नेप्सेले छानबिन गर्ने भएको हो । ‘बजार मूल्य शृंखलालाई प्रभावित पार्ने निर्णयहरू तुरुन्तै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ,’ एक हप्तासम्म त्यस्तो सूचना लुकाइनु गम्भीर कुरा हो ।

प्रभुले चुक्ता पूँजीको ६५ प्रतिशतले हुन आउने ९९ करोड २८ लाख ७२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने निणर्य गरेको हो । प्रभुको हाल चुक्ता पुँजी एक अर्ब ३७ करोड ६१ लाख ३२ हजार २ सय रुपैयाँ रहेको छ ।
कम्पनीलाई अझै एक अर्ब १२ करोड ३८ लाख ६७ हजार ८ सय रुपैयाँ पुँजी अपुग छ । ६५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि अपुग हुने १३ करोड ९ लाख ९५ हजार ५ सय ९० रुपैयाँ बराबरको भने बोनस सेयर दिने कम्पनीले तयारी गरेको देखिन्छ ।

प्राधिकरणको निर्देशन अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने थियो । तर कम्पनीले मर्जरदेखि वैदेशिक रणनीतिक साझेदार भित्राउने प्रयास गरेपनि संभव नभएपछि हकप्रद सेयर गर्ने निणर्य गरेको हो ।

उनले कम्पनीको निर्णय र आवश्यक कागजात मगाएर छानबिन प्रक्रिया थाल्ने जानकारी पनि दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स