नागरिक लगानी कोषको संचालकमा सुरेश प्रसाद खत्री निर्वाचित

काठमाडौं । नागरिक लगानी कोषको २०८० असार ३१ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित हुनु भएको छ ।

५२ अर्व भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहनु भएका सुरेश प्रसाद खत्री बैंक तथा वित्तिय संस्थाहरुको तर्फबाट ३ वर्षका लागि संचालकमा निर्वाचित हुनु भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स