दिपक भट्ट समूहको लगानी रहेको नेपालको पहिलो माइक्रो लाइफ इन्स्योरेन्स ‘गार्जियन’ भोलि उद्घाटन हुँदै

काठमाडौं । नेपालकै पहिलो माइक्रो लाइफ इन्स्योरेन्स ‘गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स’ भोलि शुक्रबार शुभारम्भ हुँदैछ । नयाँ माइक्रो लाइफ इन्स्योरेन्स भोलिबाट औपचारिक रुपमा डिजिटल ओपनिङ गर्न लागेको गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले जानकारी दिए । ७५ करोड चुक्ता पुँजी भएको गार्जिन माइक्रो लाइफ इन्स्योरेन्स नेपालको पहिलो लघु जीवन बीमा कम्पनीको रुपमा कारोबार शुभारम्भ गर्न लागेको हो ।

‘नेपालकै पहिलो जीवन बीमा क्षैत्रको पहिलो माइक्रो इन्स्योरेन्स भोलि ओपनिङ गर्न लागेका हौं,’ उनले भने ‘बीमा प्राधिकरणका कार्यकारी निर्देशन राजुरमण पौडल सर र विराटनगर महानगरपालिका उपमेयर शिल्पा निरलाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालमा पहिलो पटक लघु जीवन बीमा कम्पनीले कारोबार सुरु गर्न लागेको हो ।’ स्थानीय तहमा यसको व्यवसाय बढी हुने भएकोले यसमै जोड दिएको पनि उनले बताए ।

भोलि शुक्रबार विराटनगरस्थित मुनालपथमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा उद्घाटन हुनेछ । नेपालमा पहिलो पटक जीवन बीमाको व्यवसाय सुरु गर्न लागेकोमा आफू निकै उत्साहित रहेको सीईओ भण्डारीले बताए ।

भण्डारी नेपाल पुनर्बीमा कम्पनीमा लामो समय सीईओका रुपमा काम गरेका अनुभवी व्यक्ति हुन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अध्यक्षमा उदिप श्रेष्ठ रहेका छन् । उक्त माइक्रो लाइफ इन्स्योरेन्समा दिपक भट्ट समूहले लगानी रहेको छ ।

देशको कुना कुनामा रहेका स–साना समुदायमा बीमा सेवा पुर्याउने उद्देश्यले स्थापना भएका लघुजीवन बीमा कम्पनीहरूको आगमनसँगै बीमाको दायरा अझै वृद्धि हुने विश्वास गरिएको छ ।

लघु बीमा निर्देशिकाअनुसार लघु जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँ बीमांक सम्मको व्यवसाय गर्न पाउने भएका छन् भने निर्जीवन बीमा कम्पनीहरूले ५० लाख रुपैयाँ बीमांकसम्मको व्यवसाय गर्न पाउने भएका छन् । लघु निर्जीवन बीमा कम्पनीहरुले घरेलु उद्योग तथा कृषि क्षेत्रमा प्रयोग हुने सवारी साधनको बीमा गर्न पाउने छन् । मोटर साइकल र सवारी साधनको समेत बीमा गर्न पाउने छन् ।

कृषि तर्फ ट्याक्टरको बीमा हुनेछ । घरेलु मिल तथा मेसिनको बीमा गर्न पाइने छ । जसमा ५० लाख रुपैयाँसम्मको सम्पत्ती बीमा गर्न सकिने निर्देशिकामा उल्लेख छ । हिजो मात्रै निर्देशिका पारित भएका कारण निर्देशिकाको पुर्ण विवरण भने केहि दिनमा मात्रै सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स