आइएमई लाइफ इन्स्योरेन्सको पहिलो चरणको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज मंगलबार बिहान सेयर बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल २२ हजार ४ सय ४४ जनाको आवेदन परेको थियो । जस मध्ये २२ हजार ४ सय ३६ जना आवेदक सेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ ।

आईपीओमा ८० कित्तासम्मको लागि आवेदन दिने लगानीकर्ताले माग गरे बमोजिम कै सेयर पाएका छन् । त्यस्तै ८० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ७ हजार ५ सय २३ जनाले समान ८० कित्ताको दरले सेयर पाएका छन् । त्यस्तै १ हजार ४ सय ८९ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् । यस हिसाबमा आवेदकले कुल १७० कित्तासम्म सेयर पाएका छन् ।

कम्पनीले असार १ देखि असार १५ सम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले सेयरको अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३६.९१ रुपैयाँमा सेयर निष्काशन गरेको थियो ।

आईपीओको नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट; https://www.civilcapitalmarket.com/,,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट; meroshare.cdsc.com.np/#/login,,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट; iporesult.cdsc.com.np/
मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स