काठमाडौं । देशको निर्जीवन बीमा बजारमा विगत २७ वर्षदेखि सेवा पुर्याईरहेको नेको इन्स्योरेन्स लिमिटेडले ब्यवसाय विस्तार सँगसँगै आफ्नो सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको छ ।
यसै सिलसिलामा इन्स्योरेन्सले मधेश प्रदेशको सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, छपराडी स्थित महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताल (मुनाफा रहित सामुदायिक अस्पताल) लाई ११ लाख सहयोग प्रदान गरेको छ ।
उक्त अस्पतालको भवन भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको तर मेडिकल उपकरण, औषधी लगायतका सामाग्रीहरुको अभाव रहेको पाइएकोले मधेशका महिलाहरुको प्रसुती सेवा तथा बालबालिकाको उपचारमा सहयोग पुगोस् भनेर कम्पनीले सामाजिक उत्तरदायित्व स्वरुप उक्त रकम प्रदान गरेको हो ।
उक्त अस्पतालमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले ११ लाखको चेक अस्पताल ब्यवस्थापनलाई हस्तान्तरण गरेका छन् ।