रिलायबल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले असार १५ गते कम्पनीलाई प्रिमियममा आईपीओ निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको हो। बोर्डले कम्पनीलाई १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो ।

कम्पनीले सुरुमा अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो। त्यसपछि फेरि कम्पनीले प्रिमियम मूल्य बढाउँदै १९९ थपेर प्रतिकित्ता २९९ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति मागेको थियो।

तर, सेबोनले भने कम्पनीलाई अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी अनुमति दिएको छ।

अब यो कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्नेछ। आईपीओ बिक्रीबाट कम्पनीले २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ सर्वसाधारणबाट संकलन गर्नेछ।

रिलायबल नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ भने सेयर प्रत्याभूतिमा एलिट क्यापिटल रहेको छ। एलिटले यो कम्पनीको ५४ करोड रुपैयाँबराबरको धितोपत्र प्रत्याभूति गर्ने सम्झौता गरेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स