वैदेशिक रोजगारमा जानेसँग बिमा कम्पनीहरूले उठाए करिब ३ अर्ब प्रिमियम

सन नेपाल लाइफ व्यवसायमा सबैभन्दा अगाडि

काठमाडौं । काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले चालु आवको जेठ महिनासम्म २ अर्ब ९६ करोड रुपैयाँ प्रिमियम उठाएका छन् । वीमक कम्पनीहरूले १५ लाख ८३ हजार ७४६ वटा बीमालेख जारी गरेर सो प्रिमियम उठाएका हुन् । जीवन बीमा कम्पनीहरू जेठ महिनामामात्रै २५ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । उनीहरूले जेठ महिनामा ६० हजार २२६ वटा बीमा लेख जारी छन् ।

वैदेशिक रोजगारीमा जानेहरूका लागि १० वटा जीवन बीमा कम्पनीले बीमा लेख जारी गर्ने गरेका छन् । वैदेशिक रोजगार बीमालेख जारी गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी व्यवसाय सन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले एक्लैले ७ लाख ३६ हजार ७५२ वटा बीमालेख जारी गरेको छ ।

कम्पनीले चालु आवको जेठ महिनासम्म १ अर्ब २ करोड ३८ लाख रुपैयाँ वैदेशिक रोजगार बीमालेखबाट प्रिमियम संकलन गरेको छ । जेठ महिनामा मात्रै कम्पनीले सो बीमालेखबाट ६ करोड ३८ लाख रुपैयाँ रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीले १५ हजार २४७ वटा बीमालेख जारी गरेर सो प्रिमियम संकलन गरेको हो ।

वैदेशिक रोजगारबाट बढी प्रिमियम संकलन गर्नेको दोस्रो सूचीमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले चालु आवको जेठ महिनासम्म ४१ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । नेपाल लाइफले चालु आवको जेठ महिनामात्रै १६ हजार २६० वटा बीमालेख जारी गरेर ७ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

वैदेशिक रोजगार बीमालेख बढी जारी गर्ने कम्पनीको तेस्रो नम्बरमा आईएमई लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले यो अवधिमा ३९ करोड ९७ लाख रुपैयाँ बराबरको बीमालेख जारी गरेको छ । कम्पनीले १ लाख ४८० वटा बीमालेख जारी गरेहो हो । जेठ महिनामा भने कम्पनीले ८ हजार २ सय ८३ वटा बीमालेख जारी गरेर ३ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्ज नगरेको छ ।

चालु आवको जेठ महिनासम्म एशियन लाइफ इन्स्योरेन्सले सबैभन्दा कम बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले चालु आवको जेठ महिनासम्म ५ हजार ८ सय ५० वटा बीमालेख जारी गरेर १ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जेठ महिनामात्रै कम्पनीले १ हजार ८ सय ३९ वटा बीमालेख जारी गरेर ७४ लाख रुपैयाा बीमा शुल्क आर्जन गरेको हो ।

 

प्रतिक्रिया

हेडलाइन्स