बीमा अभिकर्ताहरूको लाइसेन्स नवीकरणमा थप कडाइ

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरूको लाईसेन्स नवीकरणमा थप कडाइ गर्ने भएको छ । प्राधिकरणले बीमा अभिकर्ताको नयाँ बीमा ऐनले गरेको व्यवस्था अनुसार लाईसेन्स नवीकरण सम्बन्धी व्यवस्था गर्न थप कडाइ गरेकोे हो । प्राधिकरणले यसअघि नै बीमा अभिकर्ता पेशा मर्यादित र व्यवस्थित बनाउन अभिकर्ता सम्बन्धी निर्देशिका लागू गरिसकेको छ ।

प्राधिकरणले बीमा नवीकरण गराउँदा आफनो कामको सम्पूर्ण विवरण पेश गरेपश्चात् मात्रै नवीकरणको सुविधा प्रदान गर्न दिने भएको छ । बीमा ऐनमार्फत नै बीमा अभिकर्ताहरूलाई बाध्ने तयारी गर्दै बीमा प्राधिकरणले अभिकर्ताले बिक्रि गरेको बीमालेख प्राधिकरणले निर्धारण गरे बमोजिमको सेवा उपलब्ध गराएको प्रमाणपत्र पेश गरेपछिमात्रै नवीकरणको सुविधा दिने भएको छ ।

संस्थागत बीमा अभिकर्ताको हकमा संस्थागत बीमा अभिकर्ताले इजाजत नवीकरणका लागि निवेदन पेश गर्दा बीमा प्राधिकरणको परिक्षा निर्देशिका बमोजिम संस्थामा कार्यरत एक व्यक्ति भएको विवरण पेश गनुपर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स