काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सेयरधनीहरुको हात खाली हुने भएको छ । कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णयसँगै सेयरधनीहरुको हात खाली हुने भएको हो ।
कम्पनीको उक्त बैठकले कम्पनीको आ.व. २०७७/७८ को वासलात, नाफा(नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरू माथि छलफल गरी सो लाई स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने र साथै उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।