महालक्ष्मी लाईफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज जेठ २६ गते होटल अकामा, धुम्बाराही, काठमाडौंमा सम्पन्न भएको हो ।

अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारे ।

सभाले अध्यक्ष द्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गरेको छ । साधारण सभामा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने/गाभिने, गाभे पछि कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड’ कायम हुने, दुवै कम्पनीको सेयर अनुपात १स्१ कायम गरी गाभ्ने र गाभिने, दुवै कम्पनी एक आपसमा गाभ्दार गाभिदा भएको अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायीत्वको मुल्यांकन गर्न नियुक्त लेखा परिक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

कार्यक्रमको अन्त्यमा संचालक उमेशलाल श्रेष्ठले सहभागि सबैलाई धन्यवाद ज्ञापन गर्नु भए पछि साधारण सभा सम्पन्न भएको थियो । कम्पनी सचिव कमल पन्थीले संचालन गरेको कार्यक्रममा बीमा प्राधिकरणको निर्देशन अनुसार आषाढ मसान्त भित्र दुवै कम्पनी मर्ज भई एकिकृत कारोबार सम्पन्न हुने जानकारी गराइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स