तीन दिनसम्म चल्ने एशिया बीमा सम्मेलनमा के के हुँदैछ, कसको कार्य विभाजनमा के पर्यो ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गर्न लागेको एशिया बीमा सम्मेलनमा बीमा क्षेत्रका विज्ञहरुबीच छलफल र अनुभव आदान प्रदान हुनेछ । जेठ २५ गतेदेखि लगातार ३ दिनसम्म होटल याक एण्ड यतिमा आयोजना हुने तीन दिने सम्मेलनमा पहिलो दिनको सम्मेलनमा बीमा नियामकहरुको मात्र सहभागीता हुनेछ ।

पहिलो दिन उद्घाटन शत्रमा प्राधिकरणको निर्देशक पूजन ढुंगेलले नेपालको बीमा क्षेत्र र नियामकीय कानूनी रुपरेखा सम्बन्धमा प्रस्तुती दिने छिन् । पहिलो शत्रमा जोखिममा आधारित वित्तीय दायित्व निर्धारण अवधारणा सम्बन्धमा इन्टरनेशनल एशोशिएसन अफ इन्स्योरेन्स सुपरभाइजर संस्थाको कार्यान्वयन प्रमुख म्यानुएला जुइमुवेलाले प्रस्तुती दिनेछिन् । दोस्रो शत्रमा जोखिम आधारित पुँजी सम्बन्धमा एक्सेस टू इन्स्योरेन्स इनिसिएटिभको पास्काल लैम्ब, मुबतसिरी मुकोमेले संयुक्तरूपमा प्रस्तुती दिनेछन् ।

तेस्रोे शत्रमा युनाइटेड नेशन क्यापिटल डेभलपमेण्ट फण्डका कृष्णन नरसिंह र एक्सेस टू इन्स्योरेन्स इनिसिएटिभको पास्काल लैम्बको बीमामा डिजिटल नवप्रवर्तन विषयमा प्रस्तुती दिने कार्यक्रम रहेको छ। चौथो शत्रमा बीमा बजारको विकासका लागी नियामकको क्षमता अभिवृद्धि सम्बन्धमा खुला छलफल हुनेछ ।

यसैगरी दोस्रोे दिनदेखि अतिथि सबैलाई सम्मेलनमा सहभागी गराइनेछ दोस्रो दिनको पहिलो शत्रमा जलवायु जोखिम बीमामा नियामकको भूमीका, दोस्रो शत्रमा जलवायु परिवर्तनको अवसर छोप्न बीमक र पुनर्बीमकको भूमिका विषयक प्रस्तुती हिमालयन रि इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चन्द्र शेखरण रामामुर्थी , तस्रो शत्रमा भूकम्प बीमामा एशियाली अनुभव सम्बन्धमा नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीको प्रस्तुती रहने छ। र चौथो शत्रमा भारतीय कृषि बीमा कम्पनीका पूर्व अध्यक्ष मलय कुमार पोद्दारले कृषि बीमा विकास र अभ्यास विषयक प्रस्तुती दिने कार्यक्रम रहेको छ।

तेस्रो तथा अन्तिम दिनको पहिलो शत्रमा जीवन बीमा व्यवसायको अभ्यास अवसर र चुनौती विषयमा जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेलको प्रस्तुती रहनेछ । दोस्राो शत्रमा लैंगिक विभाजन टुल किटको उपादेयता, तेस्रोमा जोखिम आधारित नियमाकीय रुपरेखाको महत्वपूर्ण पाटो र केन्द्रित हुनुपर्ने पक्ष तथा जोखिममा आधारित नियामकीय रुपरेखामा नेपालको पहल विषयक प्रस्तुती रहने आयोजक नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ ।

सम्मेलनका माध्यमबाट नेपालको बीमा नियामक र बीमकहरुबीचको सम्बन्ध, अन्तर्राष्ट्रिय रुपमा नेपालको बीमा नियमन र बीमा व्यवसाय सम्बन्धमा जानकारी प्रवाह गर्ने अवसर मिल्नेछ । सम्मेलनमा बीमा क्षेत्रमा देखिएका चुनौतीहरुको समाधान सम्बन्धमा पनि छलफल हुनेछ । प्राधिकरणले एशियाली विकास बैंक, एक्सेस टु इन्स्योरेन्स इनिसिएटिभ, इन्टरनेशनल एशोशिएसन अफ इन्स्योरेन्स सुपरभाइजरको सहयोगमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स