काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक इन्स्योरेन्स कम्पनीको ६ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको २.७५ प्रतिशत दरका कुल ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।