काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्टार नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता जेष्ठ १७ गते बुधबार सम्पन्न भएको हो ।
सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।
युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भई हिममालय लाईफ इन्स्योरेन्स लिमिटेड कायम भई वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको हो ।