नेको इन्स्योरेन्स २८औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

काठमाडौं । नेको इन्स्योरेन्स २८औं वर्षमा प्रवेश गरेको छ । आज जेष्ठ १७ गतेदेखि यस कम्पनीले आफ्नो सेवा संचालनको सफलतापूर्वक २७ वर्ष पुरा गरी २८औं वर्षमा प्रवेश गरेको हो ।

विगतका वर्षहरु देखि नै यस कम्पनीले आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय वृद्धि गर्दै आएको छ ।

कम्पनीले आफ्नो सेवा संचालनको २८औं वर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम एवं बीमा सचेतनामूूलक प्रभातफेरी, कर्मचारीहरु बीच फुटबल लगायत विविध सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको छ । साथै, यसै उपलक्ष्यमा कम्पनीले विभिन्न शाखाहरुमा समेत रक्तदान कार्यक्रम लगायत बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स