अब आउने नेतृत्वले बजार अध्यायन गरेर मात्र लाइसेन्स पाउनेः अध्यक्ष सिलवाल

काठमाडौं । आजबाट अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्ज भई एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले युनाइटेड यी दुई कम्पनीको एकीकृत कारोबार औपचारिक रुपमा शुभारम्भ गरेका हुन्।

दुवै कम्पनीले मर्जरपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट निर्जीवन बीमा व्यवसाय सञ्चालन गरेका हुन् ।

एकीकृत कारोबारको औपचारिक रुपमा शुभारम्भ गर्दै अध्यक्ष सिलवालले अब आउने नेतृत्वले बजार अध्यायन गरेर मात्र लाइसेन्स पाउने बर्ताका छन् । ‘आफ्नो कार्यकालमा बीमा क्षेत्रमा नयाँ लाइसेन्स नदिने र अब आउने नेतृत्वले बजार अध्यायन गरेर मात्र लाइसेन्स पाउने’ उनले भने ।

साथै, उनले मर्जर सफल रुपमा सम्पन्न भएर एकिकृत कारोबार शुभारम्भ सुरु गरेको भन्दै शुभकामना व्यक्त गरे । बीमा कम्पनीहरुको क्षमता बढाउन क्यापिटल प्लान ल्याइएको र उक्त पूँजी पुर्याउन सके बोनस सेयर दिएर नसके मर्जर गरेर पुर्याउनु पर्ने प्राधिकरणको निर्देशनलाई कार्यान्वयन गरेको भन्दै धन्यवाद दिए ।

युनाइटेड र अजोड इन्स्योरेन्स सेयर स्वाप रेसियो १००ः८२.५ मर्ज भएका हुन्।

मर्जरसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख रुपैयाँ छ ।

कम्पनीको नेट वर्थ ३ अर्ब २६ करोड ३५ लाख पुगेको छ । त्यसैगरी शाखा संख्या १०० र कर्मचारी संख्या ५८१ कायम भएको छ । बीमालेख संख्या १ लाख ९२ हजार ८२५ र कुल प्रिमियम २३९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । नियमनकारी निकायले तोकेका क्षेत्रहरुमा गरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

गत पुस २७ गते दुई कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । प्रारम्भिक सम्झौतापत्रमा अजोडका सञ्चालक चिरञ्जिवी दावा र युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्तले हस्ताक्षर गरेका हुन्।

मर्जरपछि कम्पनीको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठ बन्ने छन् भने सीईओ युनाइटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट हाल आइएमई प्रुडेन्सियलमा डेपुटी सिईओ रहेका श्रवण रावल बन्नेछन् ।

हाल युनाइटेडको चुक्ता पूँजी एक अर्ब दुई करोड रहेको छ भने अजोडको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ ।मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको सुन्धारामा रहनेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स