प्रभु लाइफद्वारा दुई दिनमै मृत्यु दावी भुक्तानी

काठमाडौं । मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको दोस्रो दिनमा नै प्रभु लाइफ इन्स्योरेन्सले दावी भुक्तानी गरेको छ । २०७८ पुष ९ गते प्रभु लाइफ इन्स्योरेन्सको समुन्नती जीवन बीमा गराएका अजय कुमार साहको क्यान्सरका कारण मृत्यु भए पश्चात निजको परिवारलाई एक कार्यक्रमका बीच दाबी भुक्तानी दिइएको हो ।

प्रभु लाइफ इन्स्योरेन्स मलंगवा उप शाखामा एक कार्यक्रमबीच दावी भुक्तानी गरियो । कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ता, उप शाखा प्रमुख संजय श्रेष्ठले मृतक अजय कुमार साहको श्रीमती (इच्छाइएको व्यक्ति) अञ्जु कुमारी देवीलाई चेक हस्तान्तरण गरे ।

६ लाख रुपैयाँ बीमांकको जीवन बीमा गराएका उनले दुई किस्ता गरि जम्मा ६१,६०६ रकम प्रिमियम तिरेपश्चात उनको मृत्यु भएको थियो । सो वापत प्रभु लाइफ इन्स्योरेन्सले बीमितकी श्रीमती (इच्छाइएको व्यक्ति) अञ्जु कुमारी देवीलाई ६,१८,००० रकमको चेक हस्तान्तरण गरेको हो ।

प्रभु लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ताले प्रभु लाइफले दावी भुक्तानीलाई छिटो छरितो रुपमा प्रवाह गर्न हरदम तयार रहने कुरा प्रष्ट पारे । साथै यसरी जीवन बीमा कम्पनीले चुस्त रुपमा दावी भुक्तानी गर्दा प्रभु लाइफ र जीवन बीमा प्रति विश्वास बढ्ने र आम मानिस जीवन बीमा प्रति आकर्षित हुने औंल्याए । यदि कदमकदाचित केही भएमा बीमितको परिवारको आर्थिक जोखिम कम गर्न प्रभु लाइफ हरदम तयार छ, प्रभु लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ताले थपे ।

उप शाखा प्रमुख संजय श्रेष्ठले मृत्यु पश्चात पनि परिवार प्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बीमा रहेको बताए । त्यसैले सबैले आफ्नो परिवारको आर्थिक सुरक्षाका लागि जीवन बीमा गर्नु अपरिहार्य रहेको औंल्याए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स