‘बेष्ट इम्प्वाई’ भएको कम्पनी बनाउन सकियो भने यसै पनि नम्बर वान हुन्छः विजयवहादुर शाह, सीईओ हिमालयन एभरेष्ट इन्स्योरेन्स

बीमा क्षेत्रमा मर्जर गएर हामीले इतिहास रचेका छौं । मर्जरमा गएर हामीले इतिहासमात्रै रचेनौं, समग्र बीमा क्षेत्रलाईनै विश्वास पनि दिलायौ कि बीमा कम्पनीहरू एक आपसमा मर्ज भएर अगाडि बढ्न सक्दो रहेछन् भनेर ।

मर्जरका आफ्नै राम्रा पक्ष पनि छन् । चुनौति पनि छन् । हामीले यो मर्जर वडा सोच विचार पुर्याएर गरेका हौं । त्यतिकै हचुवाको भरमा गरिएको होइन । एक वा एकभन्दा बढी संस्था मर्ज हुँदा हामीले हेर्ने भनेको दुईवटै संस्थामा भएका कमी कमजोरीलाई हो । कमी कमजोरीलाई पन्छाएर र राम्रा कुरालाई आत्मसाथ गर्दै लैजाने हो । कमी कमजोरीलाई हटाउने कुरा सुन्दा पनि मलाई राम्रो लाग्छ ।

पुराना कुरा जसको आज सान्दर्भिकता छैन, जसकोे औचित्य समाप्त भइसकेको छ र कुनै कारणले हामीले केहि विषय वा कुराको गलत अभ्यास गरिरहेका छौं भने तीनलाई त्यहि बिसाउने हो । राम्रा र सम्भावना भएका कुरालाईमात्र अघि बढाउने हो ।

हिजोको दिनमा एउटा कम्पनी हुँदा त्यसका सरोकारवालाहरू कम थिए । एउटा कम्पनी हुँदा त्यसमा आश गर्ने पनि तुलनात्मक रुपमा कम नै हुने भए । कम्पनीमा हिजो काम गरिरहेको अफिसरले पहिला २ सय करोडको कम्पनी हेरिरहेको थियो भने अब दुई कम्पनी मिलेर एकपछि ४ सय करोड कारोबार हेर्नुपर्ने भयो । मर्जरपछि एक्कासी जिम्मेवारी र दायित्व बढेर जान्छ । यो व्यवस्थापन गर्दा माथिल्लो तहमा सहज भएपनि तल्लो तहमा मिलाउन अलि धेरै मेहनत र परिश्रम गर्नुपर्ने हुन्छ ।

कसैले त्यो कुरालाई सहज रुपमा लिन्छन् त कसैले अलि गाह्रो गरि लिन्छन् । यो व्यक्तिको नेचरमा भर पर्ने कुरा होे । वास्तवमा व्यवस्थापन गर्नुपर्ने यहि निर हो । एक्कासी बढेको जिम्मेवारीले कसैलाई अझ बढी दायित्व बोध गराउँछ । यसलाई हामीले पहिचान गर्न सक्नु पर्छ । हिजोको दिनमा के थियो, अब के गर्नुपर्छ भनेर बुझ्नु पनि पर्छ । यो एक दिनमा परिवर्तन हुने चिज होइन । यसको व्यवस्थापन मिलाउन वा एउटै संस्कारमा ढल्न केहि समय हामीले दिनुपर्ने हुन्छ ।

मुख्य कुरा त यसलाई हामीले चुनौति भन्ने कि अवसरका रुपमा लिने भन्ने हो । स्वयम कर्मचारी स्वयममा त्यो दायित्व वहन गर्ने उत्सुकता पनि हुनुपर्छ । नयाँ काम र अभ्यासमा उत्सुकता भयो भने त्यसलेनै हामीलाई हाम्रो लक्ष्यसम्म पुर्याउने हो । नयाँ व्यवस्थापन कस्तो होला ? मैले कस्तो भुमिका निर्वाह गर्नुपर्ला आदि इत्यादिको चासो राख्न पनि सक्नुपर्छ ।

कुनै कुराको परिवर्तन ल्याउन खोजिन्छ तर, त्यो परिवर्तन सहजै रुपमा आउँदैन । परिवर्तन गर्न केहि न केहि इफोट लगाउनै पर्छ, लाग्छ पनि । परिवर्तनको सम्भावक बन्दै गर्दा आफूले सन्तुष्टि गर्ने एउटा ठाउँ हुन्छ । यस्तो काममा कसैले सहयोग गर्छन, कोहि तथष्ट बस्छन् भने केहिले काममा बाधा पुर्याउन पनि खोज्छन् । त्यो मानिसको आफ्नो सोचको कुरा हो । हामीले सबैभन्दा बढी ध्यान पुर्याएर व्यवस्थापन गर्ने नै यसैमा हो ।

मर्जर वा कुनै पनि कम्पनीले गर्ने काम लिने लक्ष्य भनेको निरन्तर प्रक्रिया हो । निरन्तर छलफलमा रहेर यसको राम्रा पक्षको बारेमा सम्झाउने देखाउने । लगानीकर्ताले देखेको सपना सहाकार पार्न यसले सघाउँछ भनेर बुझाउने, अन्तत यसले सबैलाई राम्रै गर्छ भनेर बुझाउने त हो नि ।

त्यसै पनि कुनै पनि योजनामा आफ्नै एकमुष्ठ टाक्स हुन्छ । मलाई त कस्तो लाग्छ भने कुनै लक्ष्यमा पुग्नको लागि गन्तव्यमा हिड्नु त पर्यो, त्यसपछि त पुगिने हो । पाइलै सारिएन भने पुग्न सकिदैन । दुई वटा संस्थाको कल्चर एकै स्थानमा मिक्स हु्ँदा साना तिना स्वभाव नमिल्नु स्वभाविक हो । यहाँ एक्जाजरेट बन्नै नपर्ने साना तिना कुरालाई ठूलो बनाइएको छ ।

एउटा कुरा सत्य के हो भने यदि हामीले गरेको मर्जर सफल नभएको भए अन्य कम्पनी हच्किने थिए । वास्तवमा हामी ठूलो हुनुपर्छ, सशक्त बन्नुपर्छ, प्रविधिको प्रयोग गर्नुपर्छ, क्षमताको अभिवृद्धि गर्नुपर्छ, हामी हिजोको जस्तो खुम्चिएर बस्ने होइन । अब हामीले फखेटा फिजाउनु पर्छ भनेर हामीले सन्देश दिएका थियौंं । हाम्रो मर्जरले समग्र बीमा उद्योगलाई नै सकारात्मक सन्देश दिएको छ ।

मर्जरमा जाँदा नै हामीले हाम्रा योजनाहरू बनाइसकेका थियौं । कहाँ पुग्ने के गर्ने भनेर बाटो कोरिनैसकेको थियो । तर, संस्थाहरू १ दिन २ दिन महिना दिनको लागि खोलिएको हुँदैन । आजनै यहाँ पुग्ने भने ता पनि त्यहाँ पुगेपछि फेरि हामीले गन्तव्यलाई अगाडि बढाउनु पर्छ । यो यात्रा कहिले पनि टुंगिदैन, निरन्तर चलिनै रहन्छ । आजको दिनमा एउटा क्षेत्रमा राम्रो गरियो भनेर त्यतिकैमा रमाएर बस्ने होइन । त्यसरी बसियो भने अधो गतिको बाटो खुल्छ । स्टप हुने छुट हामीलाई छैन । आजको दिनमा गन्तव्य एउटा छ, तर हामी त्यहाँ पुगिसकेपछि फेरि हाम्रो अगाडि अर्को गन्तव्य तय हुन्छ ।

हामीले सबै पक्षलाई राम्रो बनाएर अगाडि बढौं भने त्यो राम्रो पक्षको गन्तव्यमा पुगिसकेपछि पनि अझ राम्रो बनाउनु पर्छ । यसलाई हामी निरन्तर प्रक्रिया भन्छौं । आज राम्रो भयो, भोलि अझ राम्रो बनाउने प्रयासमा हामी हुन्छौं । अझ राम्रो बनाउने कुराले वास्तवमा हामीलाई डोराइरहेको हुन्छ । हामीलाई त्यो अझ राम्रो गर्ने यात्रामा यसले नै उत्प्रेरण थपिरहेको हुन्छ । यसले एक लेभलको सन्तुष्टी त दिन्छ नै अझ यसले फ्यूलको काम पनि गर्छ ।

योजना सबैका हुन्छ । हाम्रोमात्रै होइन प्रतिस्पर्धी कम्पनीको पनि भइहाल्छ । हाम्रो एउटै लक्ष्य छ, त्यो लक्ष्य भनेको ‘बेष्ट इम्प्वाई’ बनाउने । कुनै पनि संस्था वा कम्पनीलाई नम्बर १ मा पुर्याउने भनेको त्यहाँका कर्मचारीले हो । कम्पनीलाई सफल बनाउन त्यसका ग्राहक र सरोकार पनि उत्तिकै महत्व र योगदान हुन्छ । यो कम्पनीलाई हामीले बेष्ट इम्प्वाईको रुपमा स्थापित गर्न लागिरहेका छौं । अन्य सूचक त छँदैछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स