नेप्सेमा दुई जीवन बीमा कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई जीवन बीमा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।

जसअनुसार, नेशनल लाइफ इन्स्योरेन्सको ८ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन गरेको छ । आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयरमूल्य ६४९.८० रुपैयाँका आधारमा नेप्सेले ८ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ६०१.६७ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, प्रभु लाइफको ९.८० प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन गरेको छ । आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयरमूल्य ४७० रुपैयाँका आधारमा नेप्सेले ९.८० प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ४२८.५ रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब आइतबार सोही मूल्यकै आधारमा कम्पनीको कारोबार खुल्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स