काठमाडौं । करिब एक वर्ष अगाडि बीमा संस्थानले जिवन तथा निर्जीवन बीमाहरुको पुँजी वृद्धिको योजना अघि सारेपछि धेरै कम पुँजी भएका कम्पनीहरू एकआपसमा गाभिने वा बोनस वा हकप्रद मार्फत पुँजी वृद्धि गर्ने निर्णय गर्यो । गत चैतको म्याद राखेर क्यापिटल प्लान कम्पनीहरूले बुझाउन बीमा संस्थानले निर्देशन लागू गर्यो । जस अनुसार जीवन बीमा कम्पनीको ५ अर्ब पुँजी पुर्याउन पर्ने र निर्जीवन बीमा कम्पनीहरूले साढे २ अर्ब पुँजी पुर्याउन पर्ने क्यापिटल प्लान आएपछि धेरै कम्पनीहरु एक आपसमा गाभिने र हकप्रद तथा बोनस मार्फत पूँजी वृद्धि गर्न लागे ।
समय सीमा सर्कियता पनि पुनः संरचनम भई आएका कम्पनीहरूको लागि प्राधिकरणले पुँजी वृद्धिका लागि केहि लचकता अपनाइएको छ । जसले चैत्र मसान्तको समय सीमा पार गरेता पनि असार मसान्तको समय सीमा निर्धारण गरिएको छ । त्यसै तयारीमा कम्पनीहरु पुँजी वृद्धिमा लागेका छन् ।
दुई कम्पनी सिद्वार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एकआपसमा मर्ज भई सिद्वार्थ प्रिमियर इन्स्योरेन्स (SPIL) निर्माण भएको छ । २ अर्ब ८० करोड ६५ लाख ५० हजार चुँक्ता पुँजी भएको कम्पनीको ७५ करोड ५७ लाख ३६ हजार रुपैयाँ रिजर्भ रहेको देखिन्छ भने २ अर्ब ५२ करोड ५७ लाख ३४ हजार इन्स्योरेन्स फन्ड रहेको छ । कुल इन्स्योरेन्स ३ अर्ब ४२ करोड ८५ लाख १७ हजार रहेको छ । यसको बुक भ्यालु २२३ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रति सेयर आम्दानी (इपिएस) ३२ रुपैयाँ ०३ पैसा भई सबै निर्जीवन बीमा कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी बाहेक पहिलो स्थानमा रहेको छ । त्यसै गरि यसको पिइ रेसियो २०.७६ भई इपिएस पिइ रेसियो आधारमा निर्जिवन बीमा कम्पनीहरुमा सबैभन्दा सस्तो कम्पनीको रुपमा देखिन्छ । दुई कम्पनी मर्ज हुँदा प्रिमियर इन्स्योरेन्सको २६ करोड ४ लाख ४ हजार र सिद्वार्थ इन्स्योरेन्सको ३९ करोड २६ लाख ५७ हजार दुवैको कुल गरि ६५ करोड ३० लाख ६१ हजार आम्दानी रहेको देखिन्छ ।
त्यसैगरि शिखर इन्स्योरेन्सको २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार चुँक्त पुँजी छ भने प्रति सेयर किताबी मुल्य १८९ रुपैयाँ १७ पैसा छ भने प्रति सेयर आम्दानी १७ रुपैयाँ २३ पैसा पिइ रेसियो ४३.६४ रहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको (SALICO) २ अर्ब ६२ करोड २६ लाख ३७ हजार चुँक्ता पुँजी रहेको छ भने । ८४ करोड ३८ लाख रिजर्भ रहेको देखिन्छ यसको किताबी मुल्य २२३.०१ रहेको छ भने प्रति सेयर आम्दानी २० रुपैयाँ ९२ पैसा छ भने पिइ रेसियो ३१.१३ रहेको छ । त्यसैगरि दुई कम्पनी सगरमाथा इन्स्योरेन्सको २९ करोड ४७ लाख र लुम्बिनी जनरल इन्स्योरेन्सको ११ करोड ६७ लाख गरि कुल ४१ करोड १४ लाख यस क्वाटरमा कुल आम्दानी गरेको देखिन्छ ।
त्यसैगरि नेको इन्स्योरेन्सको २ अर्ब १ करोड २३ लाख ६१ हजार चुँक्ता पुँजी छ भने । रिजर्भमा ३९ करोड ६२ लाख ६२ हजार रिजर्भमा रहेको छ भने । २००.२९ किताबी मूल्य रहेको छ । प्रति सेयर आम्दानी २२ रुपैयाँ ६५ पैसा छ भने यसको पिइ रेसियो ३४.८८ रहेको छ । यसको पुँजी वृद्धिका लागि कम्पनीले हकप्र्रद सेयर दिने तयारी गरेको छ ।
सानिमा जनरल इन्स्योरेन्स (SGIC) २ अर्ब चुँक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ३० करोड ७७ लाख ७८ हजार रिजर्भ रहेको देखिन्छ भने यसको किताबी मुल्य १३६.७२ रहेको छ । यसको प्रति सेयर आम्दानी १४ रुपैयाँ २२ पैसा छ भने पिइ रेसियो ३३.७४ रहेको छ । यी सबै तंथ्याकहरु कम्पनीको तेस्रो त्रैमासिक रिर्पोट अनुसार राखिएको छ ।