आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको वैशाख २७ गते बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्ति सिफारिस गरी स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गरेको थियो। प्राधिकरणले जेठ ५ गते पत्रमार्फत स्वीकृति प्रदान गरेको हो ।

त्यस्तै, कम्पनी सञ्चालक समितिको आज जेठ ९ गते बसेको बैठकमा श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट सपथ ग्रहण गरेका छन्।

उक्त अवसरमा कम्पनीको सञ्चालक समिति तथा व्यवस्थापनले श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स