रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, न्यूनतम २० देखि अधिकतम ७५ रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार २० रुपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस पाउनेछन् ।

१. रिलायबल सावधिक जीवन बीमा योजना
कम्पनीले यस बीमा योजनामा न्युनतम प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको रलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ । कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको मात्रै २२२ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

२. रिलायबल लघु सावधिक जीवन बीमा योजना
रिलायबल लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

३.बीमा सिमित लघु सावधिक जीवन बीमा योजना
बीमा सिमित लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

४.रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी)
रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी) योजनाको हकमा कम्पनीको सबै बीमा अवधिहरुको लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

५.रिलायबल सुलभ जीवन बीमालेख रिलायबल जीवन बीमा प्लस योजना
रिलायबल सुलभ जीवन बीमा योजनाको हकमा पाँचदेखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २४ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ४० रुपैयाँ कायम भएको छ । कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ३० हजार ४ सय ६८ बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

६.रिलायबल उच्च शिक्षा योजना
रिलायबल उच्च शिक्षा योजनाको हकमा पाँच देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ । कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ४ सय ४८ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

७.सावाधिक तथा आजीवन बीमा योजना
सावाधिक तथा आजीवन बीमा योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति शजार ५० रुपैयाँ कायम गरेको छ । यस बीमा योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिको पोलिसी धेरै विक्री गरेको छ । यस पोलिसी कम्पनीले ३ हजार ५५१ वटा विक्री गरेको छ । जसमा बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् ।

८.रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना
रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना योजनाको हकमा १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी कम्पनीको रिलायबल समुन्नती जीवन बीमा योजनाका लागि कम्पनीले सबै बीमालेखमा प्रति हजार २० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स