निर्जीवन बीमा कम्पनीहरूले बजार प्रवर्द्धन खर्चको २५ प्रतिशत रकम विज्ञापनमा खर्च गर्नुपर्ने

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले बजार प्रवर्द्धनका लागि गर्ने कुल खर्चको २५ प्रतिशत रकम विज्ञापनका लागि खर्च गर्नुपर्ने भएको छ । प्राधिकरणले बीमकको संस्थागत सुशासन निर्देशन संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी नेपाल बीमा प्राधिकरणले देहायका निर्देशन जारी गरेको जनाएको छ ।

निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमकको व्यवस्थापन खर्च अन्तर्गत अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शिर्षकमा खुद बीमाशुल्कको बढीमा एक दशमलव पाँच (१.५) प्रतिशत सम्म खर्च गर्न सक्ने व्यवस्था नयाँ प्रावधानमा रहेको छ ।

त्यस्तै, (२) उपदफा (१) बमोजिम बीमकले गरेको कुल खर्चको कम्तीमा २५ प्रतिशत रकम विज्ञापन तथा प्रचार प्रसार शिर्षकमा खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था प्राधिकरणले गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स