काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार जेठ २१ गतेदेखि सुरु हुने भएको छ ।
नेपाल बीमा प्राधिकरणले मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै दुवै कम्पनीको एकीकृत कारोबार जेठ २१ गतेदेखि सुरु हुने भएको हो ।
दुवै कम्पनी एक आवसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ रहने सहमति भएको छ ।
यी दुई इन्स्योरेन्सबीच १००ः९० स्वाप रेसियो अनुपातमा मर्जर गर्ने प्रारम्भिक सहमति भएको छ।
पुस २७ गते दुई कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो ।
प्रारम्भिक सम्झौतापत्रमा अजोडका सञ्चालक चिरञ्जिवी दावा र युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्तले हस्ताक्षर गरेका हुन्।
हाल युनाइटेडको चुक्ता पूँजी एक अर्ब दुई करोड रहेको छ भने अजोडको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ ।