घट्यो प्रभु लाइफ इन्स्योरेन्सको लाभांश, कति पाउँदैछन् ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले लाभांशमा संशोधन गरेको छ। नेपाल बीमा प्राधिकरणको निर्देशनपछि कम्पनीले आर्थिक वर्ष २०७७/७८का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो ।

कम्पनीले यसअघि हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्रस्तावित लाभांश स्वीकृतिका लागि कम्पनीले बीमा प्राधिकरणमा पेस गरेको थियो। बीमा प्राधिकरणले कम्पनीको वित्तीय विवरण ससर्त स्वीकृत गर्दै लाभांशमा संशोधन गर्न निर्देशन दिएको थियो।

सोही निर्देशनबमोजिम कम्पनीको आज जेठ ३ गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद गरि कुल १०.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स