चैत महिनामा पनि बीमा पोलिसी त्याग्ने बढे, १ अर्ब १८ करोड रुपैयाँ बराबरकोे बीमा पोलिसी सरेण्डर (कुन कम्पनीको कति ?)

काठमाडौं । चैत महिनामा १ अर्ब १८ करोड रुपैयाँ बराबरको ९ हजार ३५८ बीमा पोलिसी सरेण्डर भएको छ । चैत महिनमा भएको बीमा पोलिसी सरेण्डर गत महिना फागुनको भन्दा बढी हो । फागुनमा १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको ८ हजार ९३९ वटा बीमा पोलिसी समर्पण (सरेण्डर) भएको थियो । फागुन महिनाको तुलनामा चैतमा ४१९ वटा पोलिसी बढी सरेण्डर भएको छ भने सरेण्डर मूल्य पनि ९ करोड ८० लाख रुपैयाँले बढी हो ।

चालु आवको चैत महिनामा पनि सबैभन्दा बढी बीमा पोलिसी सरेण्डर गर्ने विमित नेपाल लाइफ कै देखिएका छन् । बीमा पोलिसी र रकमका हिसावले सरेण्डर गर्नेमा अग्रस्थानमा रहेको नेपाल लाइफका २ हजार ६९८ विमितले ४२ करोड २२ लाख ५८ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका छन् ।

त्यसरी नै सबैभन्दा कम बीमा पोलिसी सरेण्डर गर्नेमा सन नेपाल लाइफ परेको छ । महालक्ष्मी लाइफका विमितले ३१ वटा पोलिसीको ३२ लाख रुपैयाँ बराबरको मूल्यको समर्पण गरेका हुन् । बढी बीमा पोलिसी र रकम सरेण्डर गर्ने कम्पनीमा लाइफ कर्पोरेशन इन्स्योरेन्स नेपाल, राष्ट्रिय बीमा कम्पनीको पोलिसी हजारभन्दा धेरै सरेण्डर भएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार सूर्या ज्योति लाइफको १० करोड ४८ लाख रुपैयाँ, साविक गुराँस लाइफको ७ करोड ८६ लाख रुपैयाँ, नेशनल लाइफको ७ करोड ७३ लाख रुपैयाँ,मेट लाइफको ५ करोड ५८ लाख रुपैयाँ, एशियन लाइफको ४ करोड २२ लाख रुपैयाँ, प्राईम लाइफको २ करोड ८३ लाख रुपैयाँ, युनियन लाइफको २ करोड ३२ लाख रुपैयाँ र सिटिजन लाइफको १ करोड ३४ लाख रुपैयाँ बीमा पोलिसी सरेण्डर भएका छन् ।

आइएमई लाइफको १ करोड २४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ८१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ७५ लाख रुपैयाँ, महालक्ष्मी लाइफको ७१ लाख रुपैयाँ, प्रभु लाइफको ५४ लाख रुपैयाँ र सन नेपाल लाइफको ३२ लाख रुपैयाँ बीमा पोलिसी सरेण्डर भएको तथ्यांकले देखाएको छ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/05/Surrender-Chaitra2079.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स