आइएमई लाइफ इन्स्योरेन्सको खुद नाफा १८ करोड २४ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले तेस्रो त्रैमाससम्म खुद नाफा ८० प्रतिशत बढेर १८ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क २१.९४ प्रतिशत बढेर २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३७ करोड ९२ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो ।

९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३७ प्रतिशत बढेर ७९ करोड ३६ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ४० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कुल बीमा शुल्क २२।१३ प्रतिशत बढेर २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

सीमक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष ८१ प्रतिशत बढेर १ अर्ब १० करोड ५ लाख रुपैयाँ, जीवन बीमा कोष ४३ प्रतिशत बढेर ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

तथ्यांक अनुसार कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८२ प्रतिशत बढेर ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको ४ अर्ब ४१ करोड १९ लाख दिर्घकालिन लगानी तथा कर्जा रहेको थियो । वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.६७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स