सिटिजन्स लाइफको नाफा १५ करोड १ लाख, बीमा शुल्क कति ?

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्ने तयारी गरिरहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६३ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ५९ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी ४० प्रतिशत बढेर १ अर्ब १३ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ४८ लाख रुपैयाँ मात्रै खुद दावी भुक्तानी गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ५० प्रतिशत बढेर २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ, जगेडा कोष ५४ प्रतिशत बढेर १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ पुगेको छ । जीवन बीमा कोष ५ प्रतिशत बढेर ८ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ र महाविपत्ति कोष ५३.८४ प्रतिशत बढेर १४ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

चालुआवको ९ महिनाको अवधिमा कूल बीमा शुल्क आर्जन ४ अर्ब १ करोड ८३ लाख रुपैयाँ, कूल कायम रहेको बीमालेखको संख्या २ लाख ७४ हजार २१८, कूल जारी बीमा लेखको ंसंख्या २२ हजार ८७७, कूल दावी भुक्तानी १ अर्ब ३३ करोड ३१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको ३०४ वटा दाबी मार्फत ११ करोड २९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स