काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क बढेर १ अर्ब २३ करोड पुगेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढेको हो ।
कम्पनीको खुद नाफा ६.५२ प्रतिशत ले घटेर चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यसले ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीको दाबी भुक्तानी रकम १२.२३ प्रतिशत ले बढेर ७० करोड ५५ लाख रुपैयाँ पुगेको छ । व्यवस्थापन खर्चमा पनि वृद्धि भएपछि खुद नाफामा सामान्य असर परेको देखिन्छ । बिमा कोषको आकार ७.०७ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँभन्दा माथि पुगेको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ भने १८९ रुपैयाँ १७ पैसा छ ।