नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट शुरू भएको प्रभातफेरी ¥याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरण र बीमा कम्पनीहरूको एउटै उद्देश्य भनेको आम जनतालाई बीमाको महत्वका बारेमा जानकारी गराई बीमा सेवा पु¥याउनु भएकाले त्यसका लागि सम्बद्ध सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

अध्यक्ष सिलवालले भने, ‘पछिल्ला दुई वर्षमा बीमा सम्बन्धी जनचेनता अभिवृद्धिले फड्को मारेको छ । जुनरूपमा बीमा सचेतनाले व्यापकता पाएको छ, त्यहीरूपमा बीमा कम्पनीहरू आम जनतासम्म पुग्नुप¥यो, बीमा सेवा उपलब्ध गराउनुप¥यो र सेवा दीगो हुनुप¥यो । कम्पनीहरूले बीमालेखलाई समयानुकूल परिमार्जन गर्नु¥यो, बीमितलाई थप सुविधाको व्यवस्था गर्नुप¥यो ।’

अध्यक्ष सिलवालले आम नागरिकलाई बीमाको दायरामा ल्याउनका लागि बीमा कम्पनीहरू लगायत सम्बद्ध सबैबाट साथ र सहयोग निरन्तर प्राप्त भइरहने विश्वास व्यक्त गरे । प्रभावतफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुंगेल (अधिकारी), निर्देशक दिनेश कुमार लाल र कर्मचारीहरू, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, जीवन बीमक संघ, नेपाल बीमक संघ, बीमा सर्भेयर संघ र पेशागत बीमा अभिकर्ता सङ्घका पदाधिकारीहरू तथा संचारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स