नेप्सेद्वारा दुई इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । नेप्सेले भोलि वैशाख २७ गतेदेखि लागू हुने गरी रोक्का गरेको हो।

दुवै कम्पनीको वैशाख १७ गतेको पत्रानुसार नेप्सेले उक्त कम्पनीहरुको सेयर कारोबार रोक्का राख्ने भएको हो ।

मर्जरपछि यी दुई कम्पनीले ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत जीवन बीमा व्यवसाय सुरु गर्दैछन्।

नेप्सेले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९९३० बमोजिम उक्त संगठित संस्थाहरुको सेयर कारोबार वैशाख २६ गतेदेखि लागू हुनेगरी रोक्का गर्ने भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स