प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को लाभांश प्रस्ताव गरेको हो ।

बैठकले नेपाल बीमा प्राधिकरणमा अघिल्लो आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण स्वीकृतिका लागि पेश गर्नुका साथै लाभांश पनि घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स