काठमाडौं । जोड इन्स्योरेन्स लिमिटेडको आज साधारणसभा सम्पन्न भएको छ । आवको चैत्र मसान्तसम्म विभिन्न किसिमका बीमाहरूबाट १४४.३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको । यो बीमा शुल्क अघिल्लो गचत आवको सोही अवधिको तुलनामा १७.६५% ले बढी रहेको हो ।
यस कम्पनीले २०७९ चैत्र मसान्तसम्ममा प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, ३० वटा शाखा, २९ वटा उपशाखा कार्यालयहरु, ६ वटा बीमा एक्सटेन्सन काउण्टरहरु र ३ वटा तेस्रोेपक्ष बीमा काउण्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
१. अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभ्ने/गाभिन सम्बन्धी प्रस्ताव पारित गर्ने ।
२. अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ तथा अंग्रेजीमा United Ajod Insurance Limited कायम हुने गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
३. अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभिने/गाभ्ने प्रयोजनका लागि मूल्याङ्कनकर्ता एस.आर. पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्टस्द्वारा तयार गरिएको अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि.को चल/अचल सम्पत्ति, दायित्व तथा कारोवार मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात ८२.५०ः१०० कायम गर्ने गरि गाभ्ने/गाभिन कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने ।
४. अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सहमती पत्र, अन्तिम सम्झौता पत्र तथा अन्य भए गरेका सम्झौताहरु लगायत सम्पूर्ण काम कारवाहिको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्ने ।
५. अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कंम्पनी (नेपाल) लि. एक आपसमा गाभ्ने/गाभिने प्रयोजनको लागि दुबै कम्पनीको चल÷अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्यांकन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखापरिक्षक मूल्यांकनकर्ता एस.आर. पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्टस्को नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने ।
६. अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभिने/गाभ्ने प्रयोजनको लागि भएको सम्झौता बमोजिम सोको आवश्यक स्वीकृतिका लागि नियमनकारी निकायमा निवेदन दिने र गाभ्ने/गाभिने कार्यसँग सम्बन्धित कानून, निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्यहरु एवं प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृति लिने तथा सो सम्बन्धमा नियमनकारी निकायहरुबाट निर्देशन गरे बमोजिमका कागजात तथा विवरणहरु तयार गर्ने, सो उपलब्ध गर्ने गराउने र गाभ्ने/गाभिने कार्य सम्बन्धमा गर्नु पर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने ।
७. अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभिए पछि बन्ने कम्पनीमा गठन हुने सञ्चालक समितिमा यस कम्पनीको तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई दिने तथा गाभिए पछि बन्ने कम्पनीको सञ्चालक समितिमा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि.बाट आउनुहुने सञ्चालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गर्ने ।
८. अजोड इन्स्योरेन्स लि. को हाल कायम सञ्चालक समितिका सदस्यहरुको कार्यकाल जतिसुकै बाँकी रहेको भएतापनि गाभ्ने÷गाभिने कार्य सम्पन्न भई साविक दुबै कम्पनीबाट प्रतिनिधित्व रहने गरि नयाँ सञ्चालक समिति गठन भए पश्चात विद्यमान सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछि बन्ने कम्पनीको वार्षिक/विशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव पारित गर्ने ।
९. उपरोक्त प्रस्तावहरुको सम्बन्धमा निमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव दिएमा सोहि बमोजिम गर्न तथा अभिलेख गर्दा गराउँदा केहि हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिल खारेज गर्न र सम्बन्धित निकायबाट अभिलेख गराई लिन समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने ।