सिम्रिक एयरको बीमा सगरमाथा लुम्बिनीमा, १ को मृत्यु, उपचारका लागि ४ जनालाई काठमाडौं ल्याइयो

काठमाडौं । संखुवासभामा अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । उक्त एयरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा रहेको छ कम्पनीले जनाएको छ । सिम्रिकले २५ लाख अमेरिकी डलर बराबरको बीमा गराएको छ । सो वापत क्षति मूल्यांकनको आधारको कम्पनीले बीमांङ पाउने छ । क्षतिको विवरण आएपछि सर्भेयरको काम सकेपछि मात्रै कम्पनीले बीमा वापतको रकम भुक्तानी गर्नेछ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए । ‘घटनास्थलमा प्रहरीको टोली पठाइएको छ, प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको हुँदा बाँकी विवरण आउने क्रम जारी रहेको उनले बताए । हेलिकप्टरमा सवार ५ जनामध्ये भविन गुरुङको मृत्यु भएको छ भने गम्भीर घाइते भएका क्याप्टेनसहित ४ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् । उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थलबाट उद्धार गरेको हो ।

घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङका अनुसार माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । घटनास्थलमा रहेका तामाङले हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स